समसामयिक– Global Bio -Hub

Share - आफ्नो वालमा शेयर गरी सुरक्षित राख्नुहोला ।

हालसालै विश्व स्वास्थ्य संगठनले Global Bio Hub संयन्त्र स्थापना गर्ने बताएको छ । Global Bio -Hub अनुसन्धानका लागि विभिन्न देशमा रहेका स्वास्थ्य ल्याबहरुमा रहेका भाइरसहहरुको  नमूना आदान प्रदान गर्न सजिलो होस भन्ने हेतुले स्थापना गरीएको केन्द्रीय संयन्त्रहो ।यसमा भाइरसहरुको भण्डारण, अध्ययान, र विश्लेषण गरिन्छ । यसरी भण्डारण भएका भाइरसहरुको अनुसन्धान र अध्ययन गरी यसको प्रभाव रोकथाम लगायतका विषयमा जानकारी आदान प्रदान गर्ने हेतुले यो संयन्त्र विश्व स्वास्थ्य संगठनको प्रयासमा स्थापना गरिएको छ ।

Global Bio -Hub गठन सम्बन्धी तिथि मिति

विश्व स्वास्थ्य संगठनले ग्लोबल बायो हब संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा स्विटजर्ल्याण्स संग हस्ताक्षर गरेको छ । विश्व स्वास्थ्य संगठनले उक्त समझदारी पत्रमा सन् २०२१ मे २४ मा हस्ताक्षर गरेको थियो । तर Global Bio -Hub स्थापना गर्ने घोषणा भने विश्व स्वास्थ्य संगठनले सन् २०२० को नोभेम्बरमा नै गरिसकेको थियो । यो Global Bio -Hub विश्वकै प्रथम  हबका रुपमा स्थापना हुनेछ । यसको मुख्यालय पनि स्विटजरल्याण्डको स्पेज सहरमा स्थापना गर्ने घोषणा गरिएको छ  । विश्व स्वास्थ्य संगठनको मुख्यालय पनि स्विटजरल्याण्डको जेनेभामा रहेको छ । विश्व स्वास्थ्य संगठनको स्थापना सन् १९४८ मा भएको हो । हाल यस संस्थाका महासचिव टेड्रोस एडनायन हुन् ।  

स्वीटजरल्याण्ड एक भूपरिवेष्ठीत राष्ट्र हो  र यसको राजधानी शहरको नाम बर्न हो । स्वीटजरल्याण्डको मुद्रालाई स्विस फ्रयाङ्क भनिन्छ । स्विस फ्रयाङ्क आफ्नो मुद्रा हुने आर्को देश लिचेस्टाइन हो । स्विटजरल्याण्डको हालको राष्ट्रपति गाई पर्मोलिन हुन् ।


Share - आफ्नो वालमा शेयर गरी सुरक्षित राख्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GET DAILY PDF UPDATESDon't Miss this Offer

हामी दैनिक रुपमा समसामयिक अपडेट गर्ने गर्दछौं । लोकसेवा, शिक्षक सेवा लगातयका परीक्षामा समसामयिक सामान्यज्ञान निकै नै महत्वपूर्ण भएकोले हामीले गर्ने अपडेट र PDF दैनिकरुपमा आफ्नो Email मा प्राप्त गर्नुहोस ।