G-7 के हो ?

Share - आफ्नो वालमा शेयर गरी सुरक्षित राख्नुहोला ।

जी 7 विश्वका सात ठूला कथित विकसित र उन्नत अर्थतन्त्र भएका देशहरूको समूह हो जसमा क्यानाडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र संयुक्त राज्य अमेरिका पर्छन्। यसलाई सात उच्च आर्थिक हैसियत भएका देशको गठबन्धनका रुपमा समेत वुझिन्छ ।

यस समूहले आफूले आफूलाई  “Community of Values” अर्थात एक समूदाय जसले मूल्यको सम्मान गर्दछ भन्ने हुन्छ । यस संगठनको मुख्य सिद्धान्तहरुमा मानव अधिकारको संरक्षण र स्वतन्त्रता, कानून र प्रजातान्त्रिक शासन, समृद्धि तथा दिगो विकास रहेको छ । 
 

G-7 समूह निर्माण कसरी भएको ?

G-7 समूको विकास सर्वप्रथम चार राष्ट्रको समूह गठन भई तत्पश्चात क्रमिकरुपमा अन्य सदस्य राष्ट्रहरु थपिदै गई हालको स्वरुप लिएको पाइन्छ ।

  Library Group

वास्तवमा विश्वका मुख्य औद्योगिकीरण भएका राष्ट्रहरुको फोरमको निर्माण गर्ने परिकल्पना सन् १९७३ मा उत्पन्न भएको तेलको संकट भन्दा पहिला नै आएको थियो । सन् १९७३ मार्च २५ मा अमेरिकाकाक वित्त सचिव जर्ज स्कुल्ज (George Schultz) ले यसको परिकल्पना गरी पश्चिम जर्मनी, फ्रान्स र वेलायतका अर्थ मन्त्रीहरुलाई  वासिङटनमा हुन लागेको बैठक भन्दा अगाडी  अनौपचारिकरुपमा भेटी यस विषयमा छलफल गरेका थिए । तत्पश्चात यो प्रस्ताव तत्कालिन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनलाई अमेरीकि वित्त सचिवले राखेका थिए । त्यसबखत निक्सन कार्यविशेषले शहर बाहिर जानु परेको जनाउँदै बैठकको लागि ह्वइट हाउस (White House) प्रयोग गर्न अनुमति दिएका थिए । प्रथम पटक G-4 को पहिलो बैठक White House को  भूईँ तल्लामा रहेको  लाइब्रेरीमा बसेको थियो । त्यसैले यी ४ राष्ट्रहरुको पहिलो समूहलाई Library Group भनि नामकरण गरियो ।

G- 5

 सन् १९७३ को मध्य तिर विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको वैठकमा अमेरिकाका वित्त सचिव स्कुल्जले जापानलाई पनि आफ्नो समूहमा सामेल गराउन सान्दर्भिक रहेकोले जापानलाई आग्रह गरेका थिए । जापानले पनि उक्त प्रस्तावलाई स्विकार गरी उक्त समूहमा सामेल भयो । ततपश्चात G-5 गठन भयो तर यी ५ राष्ट्रको समूह बनि सक्दा पनि यसको बैठकले औपचारिकताको मान्यता पाएको थिएन ।

सन् १९७४ मा यो समूहमा संलग्न राष्ट्रहरुका प्रमुख वोभिन्न विवादमा फसे । सन् १९७४ मा फ्रेन्च राष्ट्रपति जर्ज पम्पेड्युको निधन भयो र छोटो समयको विचमा फ्रान्समा दुई राष्ट्र प्रमुखहरुको वदलाव भयो। पश्चिम जर्मनका चान्सलर ब्राण्ड, अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन र जापानीज प्रधानमन्त्री काकुए टानाका सवैले विभिन्न स्क्याण्डलमा फसी पदवाट राजीनामा दिए र उक्त समयमा यो संगठन अस्थिर भयो ।

अमेरिकाका नयाँ राष्ट्रपति गेरार्लड फोर्डको अग्रसरतामा सन् १९७५ मा इटालीलाई समेत सामिल गराई G-6 राष्ट्रको समूहका रुपमा प्रथम औपचारीक सम्मेलन प्रथम पटक आयोजना गरियो। सन् १९७६ मा नै यस संगठनमा क्यानाडा सामेल भयो र औपचारीकरुपमा G-7 राष्ट्रको गठन भयो । तत्पश्चात यस सम्मेलन क्रमिक रुपमा आयोजना गर्दै आएको छ ।  

रुसको प्रवेश र निस्काशन

सन् १९९४ को सम्मेलन पश्चात बेलायतका प्रधानमन्त्रि टोनी ब्लेयर र अमेरीकि राष्ट्रपति बिल क्लिनटनको आग्रहमा रुसका राष्ट्रपति बोरिस येल्स्टिनलाई पर्यवेक्षकका रुपमा आमन्त्रण गरियो । सन् १९९८ को बैठकमा रुसलाई आधिकारिक रुपमा संगठनको सदस्यको रुपमा सामेल भएको हो ।  तर सन् २०१४ मा रुसको क्रिमिया माथिको अतिक्रमण पश्चात रुसलाई आधिकारिक रुपमा निस्काशन गरिएको थियो ।

हालसम्म भएका शिखर सम्मेलनहरु –

1st15–17 November 1975 France
2nd27–28 June 1976 United States
3rd7–8 May 1977 United Kingdom
4th16–17 July 1978 West Germany
5th28–29 June 1979 Japan
6th22–23 June 1980 Italy
7th20–21 July 1981 Canada
8th4–6 June 1982 France
9th28–30 May 1983 United States
10th7–9 June 1984 United Kingdom
11th2–4 May 1985 West Germany
12th4–6 May 1986 Japan
13th8–10 June 1987 Italy
14th19–21 June 1988 Canada
15th14–16 July 1989 France
16th9–11 July 1990 United States
17th15–17 July 1991 United Kingdom
18th6–8 July 1992 Germany
19th7–9 July 1993 Japan
20th8–10 July 1994 Italy
21st15–17 June 1995 Canada
22nd27–29 June 1996 France
23rd20–22 June 1997 United States
24th15–17 May 1998 United Kingdom
25th18–20 June 1999 Germany
26th21–23 July 2000 Japan
27th21–22 July 2001 Italy
28th26–27 June 2002 Canada
29th1–3 June 2003 France
30th8–10 June 2004 United States
31st6–8 July 2005 United Kingdom
32nd15–17 July 2006 Russia 
33rd6–8 June 2007Germany
34th7–9 July 2008 Japan
35th8–10 July 2009 Italy
36th25–26 June 2010[43] Canada
37th26–27 May 2011 France
38th18–19 May 2012 United States
39th17–18 June 2013 United Kingdom
40th4–5 June 2014 European Union
41st7–8 June 2015 Germany
42nd26–27 May 2016[58][59] Japan
43rd26–27 May 2017[62] Italy
44th8–9 June 2018 Canada
45th24–26 August 2019 France
46thCancelled United States (original host)
 None
47th11–13 June 2021 United Kingdom
48thTBD 2022 Germany
49thTBD, 2023 Japan
50thTBD, 2024 Italy

Share - आफ्नो वालमा शेयर गरी सुरक्षित राख्नुहोला ।

2 thoughts on “G-7 के हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GET DAILY PDF UPDATESDon't Miss this Offer

हामी दैनिक रुपमा समसामयिक अपडेट गर्ने गर्दछौं । लोकसेवा, शिक्षक सेवा लगातयका परीक्षामा समसामयिक सामान्यज्ञान निकै नै महत्वपूर्ण भएकोले हामीले गर्ने अपडेट र PDF दैनिकरुपमा आफ्नो Email मा प्राप्त गर्नुहोस ।