ECOSOC – मा नयाँ सदस्य राष्ट्रहरुको चयन

Share - आफ्नो वालमा शेयर गरी सुरक्षित राख्नुहोला ।

हालसालै संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्‍ ECOSOC मा नयाँ सदस्य राष्ट्रहरुको चयन भएको छ । उक्त सदस्य राष्ट्रहरुको चयन सन् २०२१ जुन ७ मा भएको हो । संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्‍मा नयाँ सदस्य राष्ट्र चयनका लागि संयुक्त राष्ट्रसंघको महासभामा मतदान हुने गर्दछ ।

संयुक्त राष्ट्र संघको उक्त परिषद्‍मा कूल ५४ राष्ट्रहरु रहने गर्दछन् । ५४ सदस्य राष्ट्रमध्ये यीनिहरुको कार्यकाल ३/३ वर्षको हुने गर्दछ । ECOSOC मा ५४ सदस्य राष्ट्र चयन गर्दा भौगोलिक विभाजन अनुसार चयन गर्ने गरिन्छ । भौगोलिक विभाजन देहाय अनुरुप गर्ने गरिन्छ ।

अफ्रिकि राष्ट्रबाट१४ सदस्य
एशियाली राष्ट्रबाट११ सदस्य
ल्याटिन अमेरिकी राष्ट्रबाट१० सदस्य
पूर्वी युरोप राष्ट्रवाट६ सदस्य
पश्चिम युरोप र अन्य राष्ट्रवाट१३ सदस्य

सन् २०२२ देखी २०२४ सम्मको कार्यकालको लागि ECOSOC मा नयाँ सदस्य राष्ट्र

सन् २०२१ जुन ७ मा भएको मतदानका क्रममा यस वर्ष ECOSOC का नयाँ सदस्य राष्ट्रका रुपमा भौगोलिक विभाजन अनुसार विभिन्न राष्ट्रहरु मतदानमा विजयी भएका छन् । बिजयी भई सन् २०२२ को जनवरी १ बाट आफ्नो सदस्यको कार्यकाल सम्हाल्ने राष्ट्रहरु देहाय बमोजिम रहेका छन् –

एशियाली राष्ट्रहरु
भारतओमान
काजकस्तान अफगानस्तान
अफ्रिकन राष्ट्रहरु
आइभोरिकोस्ट (कोटे डि आभोर),इस्वातिनि
मौरिससट्युनिसिया
तान्जानिया 
पूर्वी युरोप क्षेत्रबाट
 क्रोएशियाचेक गणतन्त्र
ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रबाट
बेलिजिपेरु
 चिली   
पश्चिम युरोप र अन्य राष्ट्र
ग्रिसन्यूजिल्याण्ड
डेनमार्कइजरायल

सन् २०२१ डिसेम्बर महिनामा कार्यकाल सकिने ECOSOC सदस्यहरु

अमेरिकायुक्रेनतुर्केमिस्तानसाउदी अरब
पाराग्वेपाकिस्ताननेदरल्याण्डमाली
लक्जमबर्गकेन्याजमैकाइरान
इजिप्टइथोपियाक्यानडाब्राजिल
अर्मेनियाएंगोला  

सन् २०२२ डिसेम्बर महिनामा कार्यकाल सकिने ECOSOC सदस्यहरु

थाइल्याण्डस्विटजरल्याण्डरुसदक्षिण कोरिया
पानमानर्वेनिकारागुआमोन्टिनेग्रो
लाटिभियाग्याबनफिनल्याण्डकंगो
कोलम्बियाचीनबोत्सवानाबेनिन
बंगलादेशअष्ट्रेलिया  

सन् २०२३ डिसेम्बर महिनामा कारयकाल सकिने ECOSOC सदस्यहरु

जिम्मावावेबेलायत तथा उत्तरी आयरल्याण्डसोलोमन द्विप समूहपोर्चुगल
नाइजेरियामेक्सिकोमाडागास्करलिविया
लाइबेरियाजापानइण्डोनेसियाग्वाटेमाला
फ्रान्सजर्मनीबुल्गेरियाबोलेभिया
अष्ट्रियाअर्जेनटिना  

माथि तपाइहरुले विभिन्न समयमा सदस्यहरुको कार्यकाल सकिएको पाउनुभयो । आर्थिक तथा सामाजिक परिषद्का एक तिहाई सदस्यको पदावधी प्रत्येक वर्षमा समाम्पत हुने भएकाले तीनको स्थानमा नयाँ सदस्य निर्वाचित भएर आउने गर्दछन् । सन् २०२१ को डिसेम्वरमा कार्यकाल सकिएपश्चात हालसालै निर्वाचित नयाँ सदस्य राष्ट्रहरुले आफ्नो कार्यकाल सम्हाल्ने छन् ।

ECOSOC  र नेपाल

नेपाल सर्वप्रथम सन् २००३ -२००५ मा ECOSOC को सदस्यमा निर्वाचित भएको थियो । पछिल्लो पटक नेपाल सन् २०१३ देखी २०१५ सम्मको कार्यकालका लागि सदस्यका रुपमा चयन भएको थियो । नेपालले सन् २०१२ नोभेम्बर ८ मा भएको निर्वाचनमा कुल १९२ मत मध्ये १३१ मत प्राप्त गरी निर्वाचित भएको थियो ।

ECOSOC का क्षेत्रीय आयोगहरु

आर्थिक तथा सामाजिक परिषद्का ५ वटा क्षेत्रीय आयोगहरु रहेका छन् । माथि भौगोलिक रुपमा विभाजन गरिएअनुसर आयोगको बितरण पनि सोही अनुरुप गरिएको छ । आउनुहोस अब आर्थिक तथा सामाजिक परिषद्का आयोगहरुको बारेमा जानकारी लियौं ।

आयोगमुख्यालयस्थापना
एशिया तथा प्यासेफिस क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगबैंकक, थाइल्याण्डसन् १९४७
युरोपका लागि आर्थिक आयोगजेनेभा, स्विटजरल्याण्डसन् १९४७
ल्याटिन अमेरिका र क्यारेबियनका लागि आर्थिक आयोगसान्टियागो, चिलीसन् १९४८
अफ्रिकाका लागि आर्थिक आयोगआदिस अबाबा, ईथोपियासन् १९५८
पश्चिम एशियाका लागि आर्थिक सामाजिक आयोगबेरुत, लेबनानसन् १९७३  

Share - आफ्नो वालमा शेयर गरी सुरक्षित राख्नुहोला ।

6 thoughts on “ECOSOC – मा नयाँ सदस्य राष्ट्रहरुको चयन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GET DAILY PDF UPDATESDon't Miss this Offer

हामी दैनिक रुपमा समसामयिक अपडेट गर्ने गर्दछौं । लोकसेवा, शिक्षक सेवा लगातयका परीक्षामा समसामयिक सामान्यज्ञान निकै नै महत्वपूर्ण भएकोले हामीले गर्ने अपडेट र PDF दैनिकरुपमा आफ्नो Email मा प्राप्त गर्नुहोस ।