समृद्धि बारे बिभिन्न क्षेत्रका भिन्न भिन्न बुझाइ छन । अंग्रेजी शब्दकोषले जनताको उच्च जिवनस्तर, कार्यमा सफलता, प्रशस्त धन भएको अवस्था , उन्नत स्थिति, वित्तीय सफलता र राम्रो भविश्य भएको अवस्था समृद्धि हो भनेको छ । अर्थशास्त्रले दिगो उच्च आर्थिक बृद्धि, बढ्दो नाफा र पूर्ण रोजगारी भएको अवस्थालाई समृद्धि मानेको छ । वाणिज्यशास्त्रले पूर्ण रोजगारी, उच्च आय र क्रयशक्ति र न्युन मुद्रास्फ्रीति भएको अवस्था लाई समृद्धि भनेको छ । औषधी विज्ञानले पैसाले खरिद गर्न नसकिने जनताको आन्नद र असल स्वास्थ्यलाई मानवजातीको धन र समृद्धि मानेको छ । हाम्रो पौराणीक अथर्व बेदले कडा मेहनत गरेर प्रशस्त धन कमाउनु र दान गर्नु समृद्धि हो भनेको छ। बुद्ध धर्मले सामुहिक आध्यात्मिकता र त्यसवाट आउने आनन्द लाई समृद्धि ठानेको छ । क्रिस्चियन धर्मले समृद्धि स्वास्थ, धन, सफलता र विश्वास हो र यो आर्थिक आशिष र शारीरिक भलाई पनि हो र परमेश्वरको इच्छा अनुसार प्राप्त हुन्छ भनेको छ। इस्लाम धर्मले समद्धि परमेश्वरको उपहार हो भनेको छ।
एउटा व्यापारीको लागि सकारात्मक सोच र धारणाले धन, शान्ति र सुख प्राप्त गर्नु समृद्धि हो । असल लेखकको लागि समृद्धि सोच्ने र जिउने एक बाटो हो र यो भौतिक सुख र पैसामात्र होइन । एउटा राजनीतिज्ञको लागि उसका मतदाता प्रशन्न देखिनु समृद्धि हो। एउटा सैनिक जनरललाई उसका जवान आज्ञाकरी रहनु र आँफ्नो आर्थिक उन्नयन पदोउन्नती हुनु समृद्धि हो। एउटा प्रशासकलाई उसको पदउन्नती हुनु र धन कमाउनु समृद्धि हो।
सारमा समृद्धि एक उन्नत अवस्था हो जहाँ बुद्धि र बिवेकको उच्चतम अभ्यास भएको हुन्छ, सबैलाइ रोजगार उपलब्ध हुन्छ, हरेक व्यक्तिले आंफनो आत्मसम्मान महसुस गरेको हुन्छ र अनुसन्धानले नयाँ प्रविधी सिर्जना गरी जनतालाइ धनी र सुखी बनाएको हुन्छ । समृद्धि मानिसको बुद्धि, सृजना, मेहनत, काम र उत्पादनको उपज हो ।
समृद्धिको माध्यम
एउटा लेखकले पैसाको पछि नलागि जीवनमा चाहिने सबै प्राप्त गर्ने उद्देश्य राखेर उत्कृष्ट लेखन गरे समृद्धि प्राप्त हुने सपना देख्न सक्छ ।एउटा प्रेमिले धेरै प्रेम बाँडेपछि समृद्धि प्राप्त हुने महसुस गर्नसक्छ । महभारतका मुख्यपात्र कृष्णको एक अनुयायीले सफा पानी जातजाति, धनी, गरिब नछुट्याई सबैलाइ पिउन दिने र घरमा श्रीखण्ड, शरस्वतीको मूर्ति, मह र सुद्ध गाइको घिउ राखे समृद्धिको ढोका खुल्ने कल्पना गर्न सक्छ भनेका छन्। एउटा व्यापारीले धन र मनको सकारात्मक सम्बन्ध बनाई ज्ञानमा आधारित व्यावसायीक रणनीति बनाउने, निर्दिष्ट दिशा तय गरेर लगातार काम गर्ने र उच्च मनोबलका साथ व्यावसायीक क्षमता प्रदर्शन गरे समृद्धि प्राप्त हुने बाटो देखेको हुनसक्छ । एउटा राजनितिज्ञले सस्ता र राम्रा सामाजिक सेवाहरु प्रदान गर्ने, सम्पुर्ण श्रम वलको लागि रोजगार सृजना गर्ने, सबै नागरिकको सुरक्षा प्रत्याभुती गर्ने र आर्थिक बजारमा प्रतिस्पर्धा गर्न नवविचार को बढवा दिनाले समृद्धि प्राप्त हुने सोचेको हुनसक्छ ।
समृद्धि प्राप्त गर्नेबारे अमेरिकाका पूर्ब राष्टपति बराक ओबामा ले भनेका थिए “मैले धारासायी हुनलागेका बैंकमा ८२५ खरब (ट्रिलियन) डलरको उत्तेजना प्याकेज लागु गरे र अमेरिकी अर्थतन्त्रलाइ समृद्धिको बाटो देखाए” । बङ्गालादेशकी प्रधानमन्त्री सेख हसिनाले समृद्धिबारे भन्नुएको थियो “बङ्गालादेश एक आधुनिक सफलताको कहानि भएको देश हो । यो अहिले मध्य आय भएका देशको समुहमा सामेल भएको छ । सन १९९१ देखि २०१० को बिचमै हामिले दुईकरोड पाँचलाख गरिबको जीबनस्तर माथि उठायौ । अब हामिले नयाँ रोजगारको सृजना र निर्यात बृद्धिको आर्को चरणवाट समृद्धि प्राप्त गर्नेछौ ” मलेशियाका प्रधानमन्त्री महाथिर ले भन्नुभएको थियो “सन २०२० सम्ममा मलेशिया एकताबद्ध, उच्च नैतिकमुल्य, लोकतान्त्रिक, उदारवादी, प्रगतिशिल र सहनसील समाज र गतिशिल अर्थतन्त्र भएको विकसित र समृद्ध देश हुनेछ” । समृद्धिबारे भारतका प्रधानमन्त्री नरेन्द्रमोदीले सन १९१८ मा भन्नुभएको थियो “सन २०१८ को संघीय बजेट भारत समृद्धिको एक टेलर हो । यसले १२ करोड किसान, तीन करोड मध्यम वर्ग र ४० करोड अनौपचारीक क्षेत्रमा काम गर्ने कामदारको समृद्धिको सपना बोकेको छ” ।
सारमा नागरिकले प्राप्त गरेको ज्ञानलाई सीपमा बदल्ने, सीपलाई रोजगारमा बदल्ने, रोजगारलाई उत्पादनमा बदल्ने, उत्पादन बाट आउने लाभांश मानव कल्याण र नवप्रर्वतनमा लगाउने र उत्पादन प्रकृयालाई निरन्तर अद्याविधक गरी परिस्कृत गर्नु समृद्धि प्राप्त गर्ने उत्तम माध्यम हो।
sir pdf ko lagi password dinus na plz