समसामयिक भाग ३ – Current Affairs in Nepali

Share - आफ्नो वालमा शेयर गरी सुरक्षित राख्नुहोला ।

यस खण्डमा हामीले जेठ महिनामा घटेका विभिनन्न समसामयिक सामान्यज्ञानहरुको संगालो लिएर आएका छौं । लोकसेवा आयोग, शिक्षक सेवा आयोग, संस्थान लागायतका परीक्षामा यो उपयोगी हुन सक्दछ । यीनै सामाग्रीहरुलाई हामिले समसामयिक भाग ३ भनि नामकरण गरेका छौं ।

तपाईलाई केही जिज्ञासा भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

१‍‌. समसामयिक भाग ३  – कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको प्रमुख कार्यकारी अधिकृतको नियुक्त

  • कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको प्रमुख कार्यकारी अधिकृतमा  को नियुक्त भएका छन् ? – पूर्व रथी बालानन्द शर्मा
  • उनलाई उक्त पदमा कहिले नियुक्त गरिएको हो  ? – २०७८ जेठ १० गते
  • यस अघी उनको नेतृत्वमा अगाडि बढाइएको संयन्त्र कुन थियो जसमा उनलाई उक्त निकायको प्रमुख नियुक्त गरिएको थियो ?राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ( National Defense University)
  •  बालानन्द शर्मालाई राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको प्रमुखमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले कहिले गरेको थियो ? – २०७७ बैशाख १२ गते
  • राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय कुन ठाउँमा बन्ने प्रस्ताव गरिएको छ ? – भक्तपुरको साँगामा
  • बालानन्द शर्मा सँगै उक्त विश्वविद्यालयमा विज्ञ सदस्यका रुपमा ककसलाई नियुक्त गरिएको थियो ?  कुटननीतिज्ञ संभुराम शिंखडा र कानूनबिद् युवराज संग्रौला

समसामयिक भाग ३ – विष्णुबहादुर स्मृति अनलाईन बुद्धिचाल प्रतियोगिता

  •  विष्णुबहादुर स्मृति अनलाईन बुद्धिचाल प्रतियोगिता २०७८ को पुरुष तर्फको बिजेता को बनेका छन् ? – विवेक लामा
  • उक्त प्रतियोगिताको दोस्रो स्थानमा आउने खेलाडी को हुन् ? बद्रीलाल नेपाल (उनी पूर्व नेपाल च्याम्पियन हुन् ।)
  • यो प्रतियोगिताको आयोजना कसले गरेको थियो ? ललितपूर स्पोर्ट्स कल्ब
  • यस प्रतियोगिताको महिला तर्फको बिजेता को बनेकी छिन् ? सूजना लोहनी (उनी हालकी नेपाल च्याम्पियन हुन्)
  • यस प्रतियोगिताको महिला तर्फको उपविजेता को बनेकी छिन् ? – रिया श्रेष्ठ

समसामयिक भाग ३  – सन् २०२० -२१ च्याम्प्यिन्स लिग महिला तर्फको उपाधी

  • सन् २०२० को महिला तर्फको च्याम्पियन्स लिगको उपाधी  कसले जितेको छ ? – बार्सिलोना महिला टोलीले
  •  फाइनल खेलमा बार्सिलोनाले कसलाई हराई उपाधी जितेको हो – चेल्सीलाई
  • चेल्सीलाई बार्सिलोनाले कति गोल अन्तरले हराई उपाधी कब्जा गर्यो ? — ४-० गोलअन्तरले
  • बार्सिलोनाले हालसम्म कतिपटक यो उपाधि जितेको छ ?- पहिलो च्याम्पियन्स लिग उपाधी हो
  •  उपाधी सँगै वार्सिलोनाले कति नगद राशी समेत  जितेको छ ? – २५ लाख पाउण्ड
  • २०२०-२१ यस संस्करणमा सबैभन्दा बढी गोल गर्ने खेलाडी को हुन्  ? – जेन्नी हर्मेसो (वार्सिलोना) र फ्रान कर्बी (चेल्सी) ६ गोल
  • सवैभन्दा धेरै पटक यो उपाधी जित्ने टोली कुन हो ?  – फ्रेन्च कल्ब लियोन
  • सन् २०१९ – २०२० को बिजेता टोली कुन थियो ? लियोन
  • सन् २०१८ -१९ को बिजेता टोली कुन थियो ? लियोन
  • यो खेल सर्वपर्थम कहिले बाट खेलाउन थालिएको ?  – सन् २००१-०२ बाट
  •  सुरुवाती चरणमा यस खेललाई  के नामले चिनिन्थ्यो ? UEFA Womens Cup
  • कहिले देखी यस खेललाई च्याम्पिन्स लिग भनी नामकरण गरिएको थियो ? सन् २००९-१० को संस्करण पश्चात 

समसामयिक भाग ३ – सन् २०२१ को महिला रग्बी विश्वकप प्रतियोगिताको आयोजना

  • सन् २०२१ को महिला रग्बी विश्वकप प्रतियोगिता कुन देशमा आयोजना हुने भएको छ ? – न्यूजिल्याण्डमा
  • उक्त प्रतियोगिता कहिले देखी आयोजना हुन लागेको छ ? –अक्टोबर ८ -नोभेम्बर १२
  • यो प्रतियोगिता कति वर्षको अन्तरालमा खेलाइन्छ ? – ४/४ बर्ष
  • यो प्रतियोगिताको सुरुवात कहिले बाट भएको हो ? सन् १९९१ बाट
  •  यस भन्दा अगाडिको रग्बी विश्वकप आयोजना कुन मुलुकले गरेको थियो ? आयरल्याण्ड 
  • यस विश्वकपको गत संस्करणको सन् २०१७ को विजेता टोली कुन हो ?   न्यूजिल्याण्ड
  •  फाइनलमा कुन देशलाई हहराइ न्यूजिल्याण्डले उपाधी माथि कब्जा जमाएको थियो? बेलायतलाई
  •  पहिलो संस्करण अर्थात सन् १९९१ मा वेल्समा भएको यस प्रतियोगिताको बिजता राष्ट्र कुन थियो ? – संयुक्त राज्य अमेरिका
  •  हालसम्म धेरै पटक यो उपाधी जित्ने राष्ट्र  कुन हो ? – न्यूजिल्याण्ड
  •  न्यूजिल्याण्डले हालसम्म  कति पटक यो उपाधी जितेको छ ? पाँच पटकसम्म
    •  हालसम्म यो प्रतियोगिता आयोजना गर्ने राष्ट्रहरुः-
सन् २०१७आयरल्याङ्ड
सन् २०१४फ्रान्स
सन् २०१०बेलयात
सन् २००६क्यानडा
सन् २००२स्पेन
सन् १९९८नेदरल्याण्ड
सन्  १९९४स्कटल्याण्ड
सन् १९९१वेल्स

विगतका वर्षहरुमा यो उपाधी क-कसले जितेका थिए ? हेर्न यहाँ जानुहोस ।

समसामायिक भाग -३ – सुन्दरलाल बहुगुणाको निधन

  • को हुन् सुन्दरलाल बहुगुणा ? प्रख्यात वातवरणीय अभियन्ता
  • उनि कुन अभियानसँस सम्बन्धित छन् ? – चीपको आन्दोलन
  •  उनको निधन कहिले भयो ?-  सन् २०२१ मे २१
  • कति वर्षको उमेरमा उनको निधन भयो ?  -९४ वर्षको उमेरमा
  •  उनको जन्म कहिले भएको थियो ? – सन् १९२७ जनवरी ९
  • उनको मृत्यु के कारणले भयो ?  –कोरोना संक्रमणका कारण
  • सुन्दरलाल बहुगुणाको नेतृत्चमा चीपको  आन्दोलनको सुरुवात कहिले बाट  भएको थियो ? – सन् १९७३ को मार्चदेखी
  •  यो आन्दोलनको मुख्य केन्द्रविन्दु कुन ठाउँमाम रहेको थियो ? भारतको हिमाञ्चल र गढवाल प्रदेशमा
  • यो आन्दोलन कसरी आयोजना गरिएको थियो ? – यो अभियनमा कसैले रुख काट्न गएको खण्डमा स्थानीय वासिन्दाले त्याहाँ अवस्थित रुखमा टाँसिएर रुख काट्न नदे गरी ।
  • यो आन्दोलनको समाप्ती कसरी भएको थियो । पूर्ण विवरण यहाँ पढ्नुहोस ।

समसामयिक भाग ३- सन् २०२०/२१ सिजनको लालिगा उपाधि

  • सन् २०२०/२१ सिजनको लालिगा उपाधि कुन टोलीले जितेको छ ? – एथलेटिको म्याड्रिडले
  • लालिगा कुन देशमा खेलाइने क्लब फुटबल प्रतियोगिता हो ? – स्पेन
  • एथलेटिको म्याड्रिडले कति अंक ल्याई लिगको उपाधी जितेको हो ?  86 अंक
  • लालिगाको दोस्रो स्थान कुन टिमले ओगटेको छ ? रियल म्याड्रिड
  • लालिगाको तेस्रो स्थानमा कुन टिम हुन सफल भएको छ ? – बार्सिलोना
  • लालिगाको  यो सिजनमा सवैभन्दा धेरै गोल गर्ने खेलाडी को भएका छन् ? -लियोनल मेसी (३० गोल)
  • लालिगामा हालसम्म सवैभन्दा बढी गोलको किर्तिमानी कसको नाममा रहेको छ ? – लियनोनल मेसी ( ४७४)
  • लालिगामा सवैभन्दा कम गोल खाने गोलकिपरलाई दिने ट्रफीलाई के भनिन्छ ? – जामोरा ट्रफी
  • यस वर्षको जामोरा ट्रफी कसले प्राप्त गरेका छन् ? – जान ओब्लाक (एथलेटिको म्याड्रिड)
  • जितसँगै एथलटिको म्याड्रिडले हालसम्म कति पटक उपाधी जितेको छ ? – ११
  • लालिगाको उपाधी सवैभन्दा धेरै पटक जित्ने टोली कुन हो ? – रियल म्याड्रिड
  • रियल म्याड्रिडले हालसम्म कति ओटा उपाधी जितेको छ ?३४ वटा (बार्सिलोनाले २६ वटा उपाधी जितेको छ)
  • लालिगा फुटबल सिजन कहिले देखी सुरुवात गरिएको हो ? – सन् १९२९ बाट 
  • आउनुहोस पछिल्ला वर्षका लालिगा उपाधी जित्न सफल टिमबारेमा जानौं
सन् २०१९/२०रियल म्याड्रिड
सन् २०१८/१९ र २०१७/१८बार्सिलोना
सन् २०१६/१७रियल म्याड्रिड
सन् २०१५/१६ र २०१४/१५बार्सिलोना

समसामयिक भाग ३ – विश्व सांस्कृतिक विविधता दिवस

  • संवाद र विकासका लागि विश्व साँस्कृतिक दिवस प्रत्येक वर्ष कहिले मनाइन्छ ? – २१ मे मा
  • यस वर्षको विश्व साँस्कृतिक दिवसको नारा के रहेको थियो ? – “ कोभिड १९ र कार्यदशकको अवधीमा थप लचिलो र प्रभावशाली साँस्कृतिक क्षेत्रको अझ राम्रो निर्माण Building back better: towards a more resilient and impactful culture sector throughout COVID-19 and The Decade of Action”
  • यो दिवस कहिले देखी मनाउन थालिएको हो ? – सन् २००३ बाट
  • यो दिवस कुन घटना बाट प्रेरित भई मनाउन सुरुवात गरिएको हो ?  अफगानस्तानको बमियमा बुद्धको मुर्ति भत्काइएपश्चात  सांस्कृतिक सौहार्दता झल्काउन
  • संयुक्त राष्ट्रसंघले यो दिवस मनाउन कहिले संकल्प पत्र पारित गरेको थियो ? सन् २००२ को डिसेम्बरबाट
  • सन् २०२० को नारा के रहेको थियो ? साझा संस्कृति, साझा सम्पदा र साझा जिम्मेवारी (Shared Culture,, Shared Heritage, Shared Responsibilty)
  • सन् २०१९ को नारा के रहेको थियो ? – साँस्कृतिक र दिगो विकास (Cultural and Sustainable Development)

समसामयिक भाग ३ -सिरियाको राष्ट्रपति निर्वाचन र परिणाम

  • सिरियामा राष्ट्रपतिको लागि चुनाव कहिले सम्पन्न भयो ? सन् २०२१ मे  २६
  • सिरियमा को राष्ट्रपति चुनावमा कसले जित हासिल गरेका छन् ? बसर अल असद
  • उनले कति मत ल्याई चुनाव जितेका हुन् ? – ९५.१%
  • यो जितसँगै यो बसादको कतिऔं कार्यकाल हो ? चौथो
  • सिरियामा राष्ट्रपतिको कार्यकाल कति वर्षको हुन्छ ? – ७ वर्षको
  • उनी कहिले देखी त्यहाँ राष्ट्रपति छन् ? – सन् २००० जुलाई १४ बाट
  • सिरियाको राजधानी – दमास्कस (यो संसारको सबैभन्दा पूरानो राजधानी हो । )
  • सिरायको मुद्रा – सिरियन पाउण्ड
  • सिरियाको सवैभन्दा लामो नदी  – युफ्रेटस
  • सिरियाको सवैभन्दा अग्लो पर्वत माउण्ट हर्मोन
  • सिरीयमा अवस्थित मरुभूमि सिरयिन मरुभूमि (यो इराक, जोर्डन र टर्कीमा समेत फैलिएको छ )

समसामयिक भाग ३- सन् २०२० मा सबैभन्दा धेरै कमाउने खेलाडीहरु

  • सन् २०२० को अवधिभरमा सवैभन्दा बढी कमाउने खेलाडी को बनेका छन् ? – कोनर म्याकग्रेगर
  • कोनर कोनर म्याकग्रेगर कुन खेलसँस सम्बन्धित खेलाडी हुन् ? – MMA Fighting
  • उनले सन् २०२० को अवधिभरमा कति कमाएका छन् ? १८० मिलियन डलर
  • यो सूचि कसले फोर्ब्सले कहिले प्रकाशन गरेको हो ? – सन् २०२१ मे १२ मा

समसामयिक भाग ३ – कंगोमा  ज्वालामूखी विस्फोटन

  • हालसालै कंगोमा बिस्फोट भएको ज्वालामुखी पहाड कुन हो ? – माउन्ट निरागोगो
  • माउन्ट निरागागोमा कहिले ज्वालामुखी विस्फोटन भएको थियो ? – सन् २०२१ मे २२

यस सामाग्रीको संकलन तथा लेखन अनुप ढकालद्वारा गरिएको हो । अनुप ढकाल प्रदेश नीति तथा योजना आयोगमा योजना अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।


Share - आफ्नो वालमा शेयर गरी सुरक्षित राख्नुहोला ।

141 thoughts on “समसामयिक भाग ३ – Current Affairs in Nepali

  1. तपाईंको सहयाेगि भावना काे कदर गर्दै ,मलाई भाग १ देखि ३ सम्मकाे सवै समसामयिक पठाईदिएमा धेरै आभारि हुने थिए वाकी हजुरकाे विचार सर।
    पूर्ण आसावादि छु ।

  2. I will be greatful Ife you send the pdf of Current affairs from part 1to 3.its really a qualitative and helpful content.

  3. कृपया लोकसेवा सम्बन्धी हजुरले तयार पार्नुभएको pdf नोटहरु मिल्ने भए मलाई पनि पठाइदिनु ल!
    bhattarainabaraj369@gmail.com

  4. कृपया सहयोगको लागि आभरी छु, अग्रिम धन्यवाद !

  5. सर अहिले सम्मको समसामयिकको PDF पठाईदिनु पर्यो हजुर । मेरो परीक्षा नजिकिदै छ । सो कृप्या सहयोग गरिदिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GET DAILY PDF UPDATESDon't Miss this Offer

हामी दैनिक रुपमा समसामयिक अपडेट गर्ने गर्दछौं । लोकसेवा, शिक्षक सेवा लगातयका परीक्षामा समसामयिक सामान्यज्ञान निकै नै महत्वपूर्ण भएकोले हामीले गर्ने अपडेट र PDF दैनिकरुपमा आफ्नो Email मा प्राप्त गर्नुहोस ।