समसामयिक – फ्रेन्च ओपन २०२१ पुरुष तर्फको उपाधी नोभाक जोकोभिचलाई -French Open 2021

Share - आफ्नो वालमा शेयर गरी सुरक्षित राख्नुहोला ।

सन् २०२१ को फ्रेन्च ओपन पुरुष तर्फको उपाधी सर्वियाका नोभाक जोकोभिचले जितेका छन् । मे २४ देखी ३१ जुन सम्म खेलाइएको उक्त खेलमा जोकोभिचले फाइनलमा ग्रिसका स्टिफानो स्तिस्पासलाई  6-7 (6), 2-6, 6-3, 6-2, 6-4 सेटमा पराजित गरी उक्त उपाधि जितेका हुन् ।

फ्रेन्च ओपन र नोभाक जोकोभिच

यो उपाधी सँगै नोभाक जोकोभिचको यो दोस्रो जित हो । उनले फ्रेन्च ओपन यस भन्दा अगाडि सन् २०१६ मा जितेका थिए । नोभाक जोकोभिचलाई टेनिस Regulate गर्ने संस्था -ATP ले हाल नं १ मा Rank गरेको छ । उनले हालसम्म ग्राण्डस्लाम मध्ये ३ वटा Us Open, पाँचवटा विम्बल्डन र नौ वटा अष्ट्रेलियन ओपनको टाइटल जितिसकेका छन् । फ्रेन्च ओपनको यो जितसँगै उनको यो १९ औं ग्राण्डस्लाम उपाधी हो ।

 फ्रेन्च ओपन धेरै पटक जित्ने खेलाडी

फ्रेन्च ओपनको सवैभन्दा धेरै पटक उपाधी जित्ने खेलाडी राफेल नाडाल हुन् । उनले हालसम्म १३ पटकसम्म यो उपाधी जित्न सफल भएका छन् ।

फ्रेन्च ओपन खेलाइने मैदान

फ्रेन्च ओपन माटोको(Clay) मैदानमा खेलाइने खेल हो । ४ वटा ग्राण्डस्लाम मध्ये माटोको मैदानमा खेलाइने यो एक मात्र टुर्नामेन्ट हो ।  ४ वटा ग्राण्डस्लाम मध्ये अष्ट्रेलियन ओपन र युएस ओपन Hard Court मा खेलाइन्छ भने विम्बल्डन घाँसे मैदानमा खेलाइने एक मात्र ग्राण्डस्लाम हो ।

Summary:-
1. Australian Open – Hard Court
2. Us Open – Hard Court
3. French Open – Clay Court
4. Wimbledon – Grass Court

ग्राण्डस्लाम भनेको के हो ?

ग्राण्डस्लाम भनेको  टेनिस प्रतियोगितामा हुने सवैभन्दा ठूला टुर्नामेन्टको समिश्रण हो । यी टेनिस प्रतियोगितामा माथि उल्लिखित Australian Open, Us Open, French Open र Wimbledon पर्दछन् । अष्ट्रेलियन ओपन अष्ट्रेलिया, युएस ओपन अमेरिका, फ्रेन्च ओपन फ्रान्स र विमबल्डन बेलायतमा आयोजना हुने टेनिस प्रतियोगिता हुन् । विश्वमा हुने प्राय सवै टेनिस प्रतियोगिता Association of Tennis Professional(ATP) ले आयोजना गर्ने भएतापनी Grandslam का यी चार प्रतियोगिता भने International Tennis Federation ले आयोजना गर्ने गर्दछ । यी Grandslam प्रतियोगिता आयोजना गर्ने समय फरक फरक मितिमा रहेको हुन्छ । आउनुहोस अव वर्ष भरीमा हुने ग्राण्डस्लाम प्रतियोगिताको आयोजना मितिका आधारमा क्रमबारे जानौं

1. Australian Open – मध्य जनवरी तिर
2. French Open – मे को अन्तिम देखी जुनको पहिलो हप्ता तिर
3. Wimbledon  – जुनको अन्तिम हप्ताबाट जुलाईको पहिलो हप्त तिर
4. US-open – अगस्ट देखी सेप्टेम्बर सम्म

स्थापनका आधारमा हेर्ने हो भने सवैभन्दा पहिला विमबल्डन रहेको छ ।आउनुहोस अव स्थापनाका आधारमा समेत ग्राण्डस्लाम प्रतियोगिताको क्रम बारे जानकारी लिऔं ।

1. Wimbledon -1877
2. US Open -1881
3. French Open – 1891
4. Australian Open – 1905

सन् २०२१ को इटालियन ओपन उपाधी कसले जितेको थियो यहाँ हेर्नुहोस ।


Share - आफ्नो वालमा शेयर गरी सुरक्षित राख्नुहोला ।

2 thoughts on “समसामयिक – फ्रेन्च ओपन २०२१ पुरुष तर्फको उपाधी नोभाक जोकोभिचलाई -French Open 2021

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GET DAILY PDF UPDATESDon't Miss this Offer

हामी दैनिक रुपमा समसामयिक अपडेट गर्ने गर्दछौं । लोकसेवा, शिक्षक सेवा लगातयका परीक्षामा समसामयिक सामान्यज्ञान निकै नै महत्वपूर्ण भएकोले हामीले गर्ने अपडेट र PDF दैनिकरुपमा आफ्नो Email मा प्राप्त गर्नुहोस ।