हालसालै अमेरीकाको अन्तरिक्ष अभियान नासाले चन्द्रमामा मोबाइल रोबट पठाउने योजना बनाएको छ । अमेरिकाले सन् २०२३ सम्ममा उक्त रोबट पठाउने योजना सार्वजनिक गरेको हो ।
नासाले पठाउन लागेको मोबाइल रोबटको मुख्य लक्ष्य तहाँ रहेको पानीको जानकारी प्राप्त गर्ने रहेको छ । साथै चन्द्रमामा पाइने खनिजको समेत खोज्ने जनाएको छ । नासाले पठाउन लागेको उक्त रोबटको नाम भाइपर (Viper) रहेको छ ।
चन्द्रमामा बारे छोटो जानकारी लियौं ।
चन्द्रमाको अध्ययन गर्ने विज्ञान लाई सेलोनोलोजि भनिन्छ । चन्द्रमा सवैन्दा पहिला पाइला राख्ने व्यक्ति निल आर्मस्ट्रङ हुन् । उनले सन् १९६९ २० जुलाईमा अपोलो ११ मिसनबाट । चन्द्रमाको दक्षिणी धुर्वमा पानी छ भनि सर्वप्रथम घोषणा गर्ने राष्ट्र भारत हो । भारतले चन्द्रयान मिसन मार्फत उक्त तथ्य सार्वजनिक गरेको थियो ।
अन्तरिक्ष सम्बन्धी हालसालै भएका घटनाक्रमबारे जानकारी लियौं ।
- चीनले हालसालै सन् २०२१ मे १४ मंगल ग्रहमा आफ्नो झुरोङ नामक रोभर अवतरण गराएको छ ।
- चीनसँगै अमेरिकाले प्रक्षेपण गरेको पर्सिभरेन्स अभियानले सन् २०२१ फेब्रुअरीमा मंगल ग्रहमा अवतरण गरेको थियो ।
- संयुक्त अरब इमिरेट्सले पनि सन् २०२० को जुलाईमा चीन र अमेरिकालाई साथ दिँदै होप नामक अभियान मंगल ग्रहका लागि पठाएको थियो ।
- चीनले हालसालै समुद्रको मौसम सम्बन्धमा निगरानी गर्न प्रक्षेपण गरेको उप-ग्रहको नाम Hayang- 2D रहेको छ ।