टेम्पल्टन पुरस्कार -२०२१

Share - आफ्नो वालमा शेयर गरी सुरक्षित राख्नुहोला ।

 प्रिमेटोलजिस्ट, संरक्षणवादी, र विश्व प्रसिद्ध पर्यावरणविद् जेन गुडल, DBE लाई सन् २०२१ को  टेम्पल्टन पुरस्कार बाट सम्मानित गरिएको छ । उनले जनवारको बौद्धिकता र मानवता सम्बन्धमा जीवन भर गरेको कार्यलाई आधार मानि टेंपल्टन पुरस्कार प्रदान गरिएको हो । उनीले विशेष गरी चिम्पान्जी सम्बन्धमा अध्ययन गरेकी थिइन् ।

टेम्पलटन पुरस्कार कसलाई दिइन्छ ?

टेम्पल्टन पुरस्कार एक जीवित व्यक्तिलाई प्रदान गरिने वार्षिक पुरस्कार हो । यो पुरस्कार त्यस्ता व्यक्तित्वहरुलाई प्रदान गरिन्छ जसको अनुकरणीय उपलब्धिहरू सर जोन टेम्पलटनको परोपकारी दर्शनलाई अगाडि बढाउँन मद्दत गर्दछन् र  विज्ञानको शक्तिलाई उपयोग गरी  ब्रह्माण्ड र मानवजातिको स्थान र उद्देश्यका गहिरा प्रश्नहरूको अन्वेषण गर्ने कार्यमा सरिक हुन्छन् ।

यो पुरस्कारको स्थापना सन् १९७२ मा जोन टेम्पल्टनले गरेका थिए । हाल यो पुरस्कार जुन टेम्पलटन फाउनडेसनले प्रदान गर्दै आइरहेको छ । यस पुरस्कारको धनराशी १.१ मिलियन बेलायती पाउन्ड रहेको छ ।  यो पुरस्कार सन् १९७३ बाट वितरण गर्न थालुएको हो । यो पुरस्कार पाउने प्रथम व्यक्ति मदर टेरेसा हुन् । १४ औं दलाई लामा तेन्जिङ ग्यात्सोले समेत यस पुरस्कार प्राप्त गरिसकेका छन् ।

जब धेरै धार्मिक नेताहरूले प्रकृतिलाई आफ्नो विश्वासको भागको रूपमा सुरक्षाको आवश्यकताको बारेमा कुरा गरिरहेका हुन्छन् तब गुडललाई दिएको उक्त पुरस्कारको तात्विक सार्थकता झल्किन्छ ।  उदाहरणका लागि पोप फ्रान्सिस जलवायु परिवर्तनको बिरूद्ध लड्न र यस ग्रहको स्रोतको संचालनमा आदिवासीहरूले खेल्ने भूमिकाको मान्यताका लागि प्रवक्ता र  वकालतकर्ता भएका छन् ।  त्यसैगरी इन्टरफेथ रेन फरेस्ट इनिसिएटिभले धर्म संरक्षणमा नेताहरुलाई भेला गरी वन संरक्षण प्रयासहरुलाई सहयोग पुर्‍याइरहेको छ। गुडल यी प्रयासहरूमा संलग्न भएकी थिइन्  ।

केही पछिल्ला टम्पल्टन पुरस्कार विजेताहरु

हालसालैका वर्षमा टेम्पल्टन पुरस्कार पाउने व्यक्तित्वहरुका बारेमा जानकारी राखौं

वर्षव्यक्तित्वदेश
सन् २०१७अल्भिन प्लाटिङ्गाअमेरिका
सन् २०१८अब्दुल्ला दोस्रो (राजा)जोर्डन
सन् २०१९मार्सेलो ग्लेसरब्राजिल
सन् २०२०फ्रान्सिस कोलिन्सअमेरिका
सन् २०२१जेन गुडलबेलायत

Share - आफ्नो वालमा शेयर गरी सुरक्षित राख्नुहोला ।

2 thoughts on “टेम्पल्टन पुरस्कार -२०२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GET DAILY PDF UPDATESDon't Miss this Offer

हामी दैनिक रुपमा समसामयिक अपडेट गर्ने गर्दछौं । लोकसेवा, शिक्षक सेवा लगातयका परीक्षामा समसामयिक सामान्यज्ञान निकै नै महत्वपूर्ण भएकोले हामीले गर्ने अपडेट र PDF दैनिकरुपमा आफ्नो Email मा प्राप्त गर्नुहोस ।